अरुको पैसा आफ्नो खातामा राख्ने पक्राउ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालय विशालबजार काठमाडौंमा यू एस डी खाता खोलेर इ–बैंकिङ, इ–वालेट जस्ता विद्युतीय माध्यममार्फत अरुको पैसा आफ्नो खातामा राख्ने एकजना पक्राउ परेका छन् ।
बैंकको सिस्टम दुरुपयोग गरी ७८ हजार ३ सय ८९ यूएस डलर अर्थात झण्डै ९० लाख रुपैयाँ ठगी गर्ने काठमाडौं बालाजुका सञ्जयकुमार श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरेको हो ।
उनले जापान आउ–जाउ गरेको भिसा देखाएर यूएस डी खाता खोलेको र भिसा कार्ड प्रयोग गरेर इ–बैंकिङ, इ–वालेट जस्ता विद्युतीय भुक्तानीमाफर्त आफ्नो खातामा पैसा सार्ने गरेको प्रहरीको दाबी छ ।
उनलाई पुनरावेदन अदालत पाटनबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस