लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको चरेशसहित महिला पक्राउ
रोल्पा । पाँच किलो चरेशसहित एक महिला पक्राउ परेका छन् । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेशसहित पक्राउ गरिएको हो ।
चरेशसँगै रोल्पा थबाङ गाउँपालिका-५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
रोल्पा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गराइएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । प्रहरीले पटकपटक ठूलो परिमाणमा चरेश पक्राउ गर्दै आए पनि यसको ओसारपसारमा रोकथाम हुन सकेको छैन । चरेश ओसारपसारमा प्रायः अर्धवैशे महिला र बालबालिका प्रयोग गर्ने गरिएको पाइएको छ ।
प्रतिकृया दिनुहोस