दुई भारतीय नागरिक पक्राउ

Arrested

काठमाडौं । सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा नेपाली २४ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई आइतबार पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज, ९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीय सुशीलादेवी गुप्ता साह रहेका छन् ।

जाँचका क्रममा बिआर ३८ एच ६१४२ नम्बरको भारतीय सुजुकी कारमा रकमसहित उनीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । प्रहरीले हुण्डीमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरेका छन् ।

उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...