ट्रयाक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु
गुल्मी । मदाने गाउँपालिका-२ पुर्कोटदहमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–५ घर भई हाल पुर्कोटदहस्थित मामाघरमा बस्दै आएकी ९ वर्षीया एलिशा केसी रहेको प्रहरीले जनाएको छ ।
उनलाई लु३ त५३०९ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । ट्रयाक्टर चालक अर्घाखाँचीको शीतजंगा नगरपालिकाका ३८ वर्षीय टीकाराम सुनारलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पुर्कोटदहमा राखिएको प्रहरी निरीक्षक रवीराज थपलियाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस