हतियार पड्किँदा प्रहरी जवान घाइते
मोरङ । आफैंले बोकेको हतियार पड्किँदा एक प्रहरी जवान घाइते भएका छन् ।
सोमबार बिहान एक्कासी राइफल पड्किएपछि गस्तीमा रहेका प्रहरी जवान सञ्जिव खड्का घाइते भएका हुन् ।
खड्का इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत छन् । उनको छातिको दाहिने भागमा गोली लागेको छ ।
घाइते खड्काको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस