तेह्रथुमको खोलामा अस्थायी पुल निर्माण गरिने

E4o6bojwgksvzlb30kok

तेह्रथुम । पुष्पलाल मध्यपहाडि लोकमार्गअन्तर्गत तेह्रथुमको संक्रान्ति–म्याङ्लुङ सडक खण्डमा पर्ने खोरुङ्गा खोलामा अस्थायी पुल निर्माण गरिने भएको छ ।

मोटरेवल पुल नहुँदा खोलाको बीचबाटै सवारी आवत् जावत् गर्नुपरेको र जोखिम भएको भन्दै फेदाप गाउँपालिकाले ह्युम पाइप राखेर अस्थायी पुल निर्माण गर्न लागेको हो ।

गाउँपालिकाले १६ लाख रुपैयाँ लागतमा अस्थायी पुल निर्माण गर्न थालेको गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङले बताए ।

खोलामा छ वटा ह्युम पाइप राखेर ढलान गरिने बताइएको छ । पुल नहुँदा पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ ।

अस्थायी पुल बनेपछि म्याङलुङ नगरपालिकाबाट फेदाप र आठराई गाउँपालिका तथा पाँचथरका लागि छुट्ने गाडीलाई आवत् जावत्मा सहज हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...