सरकारी योजनामा अनियमितता गरेको भन्दै इन्जिनियरलाई कालोमोसो

Kalo maso

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारी योजनामा अनियमितता गरेको भन्दै एक इन्जिनियरलाई कालोमोसो दलेको छ ।

आइतबार मुगुमा कार्यरत इन्जिनियर महेश कठायतलाई नेकपा मुगुले आइतबार कालोमोसो दलेको हो ।

उपभोक्त र सेवाग्राहीसँग हरेक योजनामा १० प्रतिशतको दरले रकम असुलिरहेको भन्दै नेकपाले सदरमुकाम गमगढीमै छायाँनाथ रारा नगरपालिकाका इन्जिनियर कठायतलाई चेतावनीस्वरुप कालोमोसो दलेको थियो ।

उनले गत वर्षमा सीआईपी सामुदायिक सिँचाइ योजनाका उपभोक्ताहरुबाट १० प्रतिशतका दरले असुल्ने गरेको आरोप लागेको थिए ।

नेकपा मुगुले पटकपटक चेतावनी दिँदा पनि कठायतले रकम असुली नरोकेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...