हत्याको विरोधमा सबै निजी विद्यालय बन्द

School band

सर्लाही । निजी बोर्डिङ स्कुल सञ्चालकको हत्याको विरोधमा सोमबार सर्लाहीका सबै निजी विद्यालय बन्द गरिएको छ ।

जिल्लाको जिरायतमा निजी विद्यालय सञ्चालन गर्दै आएका मालिक महतोको गत शुक्रबार राति अज्ञात व्यक्तिले गरेको हत्याको विरोधमा आज जिल्लाभरका निजी विद्यालय बन्द गरिएको हो ।

महतोको गत शुक्रबार राति घर नजिकै विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

हत्या भएको घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै आज एक दिन जिल्लाभरका निजी विद्यालय बन्द गरिएको प्याब्सनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...