तेह्रथुम जिल्लामा एउटै शव वाहन नहुँदा समस्या

Sav bahan coiwe4g32c

तेह्रथुम । तेह्रथुम जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।

जिल्ला अस्पतालमा मात्र हैन, जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेको छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरु समस्यामा पर्ने गरेका छन् ।

शव वाहन नहुँदा जिल्लावासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा महँगो भाडा तिरेर ट्याक्टरमा शव बोक्ने गरेका छन् । स्थानीय तहहरुले महङ्गो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरीद गरे पनि अत्यावश्यक अवस्थामा चाहिने शव वाहान किन्नका लागि कसैले चासो नदेखाएको म्याङलुङ नगरपालिका–२ का स्थानीयवासी निर्मल ढुंगानाले बताए ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा एउटा पनि शव वाहन छैन । शव वाहन नहुँदा समस्या भएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...