ख्रीष्टियन महासंघको माग : क्रिसमसमा सार्वजनिक बिदा दिनुपर्छ
काठमाडौं । क्रिसमसमा सार्वजनिक बिदा दिनुपर्ने माग राष्ट्रिय ख्रीष्टियन महासंघले गरेको छ ।
आउँदो मंगलबार अर्थात् पुस १० गते ९डिसेम्बर २५० क्रिसमसमा सार्वजनिक बिदाको माग गर्दै आइतबार मोटरसाइकल ¥यालीसमेत निकालिएको छ ।
काठमाडौंको बिजुली बजारदेखि सुरू भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो ।
मानवअधिकारकर्मी कपिल श्रेष्ठले ¥यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सहअस्तित्वलाई कायम राख्नुपर्नेमा जोड दिए ।
उनले नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तर्रा्ष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्ने बताए । महासंघका अध्यक्ष सिबी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा त्यसको प्रचारप्रसारका लागि ¥याली गरिएको बताए ।
उनले सरकारले वर्षमा एक दिन सो समुदायलाई सार्वजनिक बिदा दिनुपर्ने माग गरे । दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासंले जनाएको छ ।
देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासंघले अघि सारेको छ । उक्त ¥यालीमा करीब ४०० को सहभागिता थियो ।
प्रतिकृया दिनुहोस