शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज

Bomb dispose 1

लहान । सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा भेटिएको शक्तिशाली प्रेसरकुकर बम चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजे डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले बताए ।

मानव बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बिहान सबेरै बम भेटिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका थिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत सेमत बन्द गरी बम सुरक्षित ढङ्गले डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको थियो । मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको र त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख छ । आर्थिक सहयोग उल्लेख भएको पर्चासँगै सशस्त्र समूहको नाममा आतङ्क सिर्जना गरी आर्थिक संकलन गर्ने समूहले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...