कहाँ–कहाँ बन्दै छन् स्वास्थ्यकेन्द्र ? शुरु भयो निर्माण प्रक्रिया

Health post

काठमाडौं । स्वास्थ्य मन्त्रालयले लामो समयदेखि अन्योलमा रहेको १ हजार २ सय स्वास्थ्यसंस्थाको निर्माणप्रक्रिया अगाडि बढाएको छ ।

मुलुक संघीय संरचनामा गएसँगै ‘एक वडा, एक स्वास्थ्यसंस्था’को अवधारणाअनुसार २ वर्षभित्र सबै वडामा स्वास्थ्यसंस्था बनाइसक्ने गरी यसवर्ष १ हजार २ सय वडामा नयाँ स्वास्थ्यकेन्द्र निर्माण गर्न लागिएको हो ।

मन्त्रालयको नीति, योजना महाशाखाले स्वास्थ्यसंस्था नभएका २ हजार ५ सय वडामध्ये, स्थानीय अग्रसरता, जनसंख्या, जग्गाको उपलब्धता र मानव विकास सूचकांकलाई आधार बनाएर यसवर्ष आधारभूत स्वास्थ्यकेन्द्र बन्ने वडाहरूको छनोट गरेको छ ।

निर्माण कार्यका लागि आवश्यक जग्गाको उपलब्धताका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारहरूले भवन बनाउनेछन् ।

महाशाखा प्रमुख डा। विकास देवकोटाले संघीयता कार्यान्वयन र आधारभूत स्वास्थ्यसेवालाई स्थानीय तहसम्म पुर्याउन यो काम कोसेढुंगा हुने बताए । ‘संविधानको मर्मअनुसार स्वास्थ्यसेवालाई जनताको गाउँघरमा पुर्याउन यसवर्ष १ हजार २ सय स्वास्थ्यसंस्था बन्छन्’ डा। देवकोटाले भने । उनका अनुसार भवन निर्माणका लागि समय लागे पनि सेवासमेत यही वर्षदेखि सुरु हुनेछ । ‘


स्वास्थ्यसंस्था निर्माणको हिस्सेदारी, जिम्मेवारी, प्रक्रिया र सम्भावित विवाद समधानको विकल्पसमेत टुंगो गरिसकेको नीति, योजना शाखाका प्रमुख उपसचिव भक्त जोशीले जानकारी दिए । जोशीका अनुसार उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट नीतिगत निर्णय भएर अर्थ र संघीय मन्त्रालयको सहमति लिई प्रदेश सरकारलाई पत्राचार गर्ने अन्तिम तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...