विपी संग्राहलयमा पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको सालिक

Sundarijal salik

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल नयाँपाटी स्थित वि पी संग्राहलयमा निर्माण भएको प्रथम जननिर्वाचित संसदका पहिलो सभामुख, सन्त नेता, एबम पूर्व प्रधानमन्त्री स्व। कृष्ण प्रसाद भट्टराईको पूर्ण कदको सालिक शनिबार अनावरण भएको छ।

विपी संग्राहलय प्रांगणमा स्व। कृष्ण प्रसाद भट्टराईको ९५ औं जन्म जयन्तिको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा द्वारा उक्त सालिक अनावरण गरेका थिए । कार्यक्रमको सभाध्यक्षता विपी संग्राहलयका संस्थापक अध्यक्ष एबम संरक्षक परशुराम पोखरेलगरेका थिए ।

नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका अतिथिहरुले बिपी संग्राहलय भित्र निर्माण गरिएका बिपी गणेशमान लगयातको सालिकमा श्रदा सुमन ब्यक्त गरेपछि सालिक अनावरण गरिएको थियो ।

कार्यक्रममा देउवाले आफु दुइ वर्ष अघि आउँदा अरु नेताको सालिक देखेको तर स्व। कृष्ण प्रसाद भट्टराईको सालिक नदेखे पश्चात उनको सालिक निर्माण गर्नु पर्छ भनेको स्मरण गरेका थिए। उनले बिपी संग्राहलयबास्तवमा नेपाली कांग्रेस पार्टीका लागि प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरु बिपी कोइराला लगायत सबै सोहि स्थानमा बन्दि जीवन बिताएका भन्दै सो स्थान बाट पुरा उर्जा पाएको बताएका थिए।

उनले संग्रालयलाइ व्यवस्थित गर्न लागि परेका सबैलाई धन्यबाद दिदै उक्त स्थानमा प्रजातान्त्रिक आन्दोलनमा लागेर बन्दि जीवन बिताएका अन्य कोहि छन् भने उनीहरुको पनि सानो सानो सालिक निर्माण गर्न अनुरोध गरेका थिए। उनले बन्दि जीवन बिताएका ब्यक्ति हरुको अभिलेख हुन सक्छ त्यसैको आधारमा सालिक निर्माण गर्न सकिने बताए उनले त्यसो गर्दा बिपी संग्राहलयको गरिमा अझ बढ्ने र भाबी पुस्तालाई इतिहासको बारेमा थाहा हुने अवसर प्राप्त गर्ने बताए ।उनले बिपी संग्रहालय देश को नै महत्वपूर्ण स्थानको रुपमा बिकसित होस् भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...