दाङमा बस दुर्घटना, मृत्यु हुनेको संख्या २३ पुग्यो, नामसहित

Acc sen 522x300

दाङ । शुक्रबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । बसका चालकसहित १४ जनाको सनाखत भएको दाङ प्रहरीले बताएको छ ।

सनाखत भएकामध्ये जुम्ला र दाङ्गका धेरै विद्यार्थी छन् । बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ ।
शव क्षतविक्षत भएको कारण पहिचान खुल्न सकेको छैन । परिवार र आफन्तको सहयोगमा सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

सनाखत भएकाहरुः

१-कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा.

२-कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५

३-आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट

४-खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.-५

५-हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.-३

६-प्रदिप घिमिरे बर्ष २८ दाङ्ग घोराही उ.म.पा.-१७

७-संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण गा.पा.-१

८-बिरेन्द्र कडारा बर्ष २० , जुम्ला कान्कासुन्दरी गाउँपालिका-५

९-नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका-६

१०-वियय घर्ति (जिएम) बर्ष १९ , घोराई-१४

११-शैलाजा शाही बर्ष १७ , जुम्ला हिमा गा.पा.-५ (चालक)

१२-मदन खत्री बर्ष २६ , घोराही-३ दाङ्ग (चालक)

१३-गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग ९सह–चालक ०

१४-अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.-१४

घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएका थिए । त्यहाँबाट फर्किने क्रममा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-३ राम्री भीरमा दुर्घटना भएको थियो ।

बसमा ३४ जना विद्यार्थी, दुईजना शिक्षक, चालक र सहचालक गरी ३७ जना सवार थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...