पत्रकार जगत विवादित बन्दै गईरहेको गुनासो पत्रकारहरुले नै गरे

News

विराटनगर। सञ्चारकर्मीहरुले आग्रह पूर्वाग्रहमा रहेर समाचार लेख्ने गरेका कारण समस्त पत्रकार जगत विवादित बन्दै गईरहेको स्वयं पत्रकारहरुले नै गुनासो गरेका छन् ।


विराटनगरमा आयोजित नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनमा सहभागी पत्रकारहरुले सञ्चारकर्मीहरु निष्पक्ष र स्वतन्त्र मात्र नभइ पेशागत मर्यादा भित्र रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।


उनीहरुले पत्रकारहरुको क्रियाकलापका कारण पनि सरकार प्रेस मैत्री नबनेको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न लागिपरेको धारणा व्यक्त गरेका थिए ।


सम्मेलनको उद्घाटन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अहिले मुलुकमा राजनीतिक स्थिरता रहेको र मुलुक आर्थिक समृद्धि तथा विकास तर्फ लम्बिरहेको बेला केही मिडियाले मिसन बनाएर यसलाई खल्बल्याउने प्रयास गरिरहेको गुनासो गरे । उनले मुलुकमा राजनीतिक स्थिरता भए मात्र पत्रकारिता क्षेत्रको विकास सम्भव भएको धारणा व्यक्त गरे ।


नेपाल पत्रकार महासंघले आयोजना गरेको यस राष्ट्रिय सम्मेलनमा सातै प्रदेशका अध्यक्ष र महासचिव तथा विभिन्न शाखा, एसोशिएट र प्रतिष्ठान शाखाका अध्यक्षहरुको सहभागिता रहेको छ । यस सम्मेलनले पत्रकार महासंघको भावी कार्यदिशा र रणनीति बनाउने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...