तातोपानी भन्सार बैशाखदेखि सञ्चालनमा आउने
काठमाडौँ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी बैशाखदेखि सञ्चालनमा आउने भएको छ ।
७२ सालमा गएको भूकम्पपछि नाका बन्द रहेको थियो । नेपालको लगातार प्रयास पछि बैशाख १८ गतेबाट नाका सञ्चालनमा आउने भएको हो । तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ ।
नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाले जानकारी दिएको छ । यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको छ ।
आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित नाका बन्द भएपछि तातोपानीका बासिन्दा मारमा परेका छन् ।
प्रतिकृया दिनुहोस