बिराटनगरमा भेला भए पत्रकारका नेता

Mahasang logo

बिराटनगर । नेपाल पत्रकार महासंघले बिहीबार र शुक्रबार बिराटनगरमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । जिल्ला शाखा, एशोसिएट, प्रतिष्ठान तथा केन्द्रीय समितिका नेताहरु सहभागी हुने सम्मेलनबाट महासंघले विगतको समीक्षा गर्ने भावी कार्ययोजना निर्माण गर्ने बताइएको छ ।

संघीय संरचनाअनुसार रुपान्तरण गर्दै महासंघको केन्द्रीय नेतृत्व प्रत्यक्ष निर्वाचित बनाउने बहसको प्रारम्भ बिराटनगर सम्मेलनबाट सुरु हुने नेपाल पत्रकार महासंघ प्रदेश १ महासचिव विवेक गौतम बताउँछन् ।

 पत्रकार महासंघको तत्कालीन कार्ययोजनाका विषयमा अध्यक्ष गोविन्द आचार्यले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै संगठनात्मक गतिविधिका विषयमा महासचिव रमेश विष्टले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

 

तीन तहका कानुनका विषयमा पूर्वअध्यक्ष तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन् । महासंघको सांगठनिक संरचना र आगामी कार्ययोजनाका विषयमा पूर्वअध्यक्ष शिव गाउँलेले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा १२७ जिल्ला प्रतिष्ठान तथा एसोसिएट साखा अध्यक्ष केन्द्रिय समिति सहित २०० जना सहभागी हुनेछन् ।

भदौ १ गतेबाट जारी भएको अपराध संहिता, देवयानी संहितामा भएका कतिपय व्यवस्था संशोधन गर्नुपर्ने माग राख्दै आएको महासंघले बिराटनगर सम्मेलनबाट सरकारलाई संहिता संशोधन गर्न दबाव महासंघका नेताहरुले दाबी गरेका छन् । प्रदेश, केन्द्र तथा स्थानीय तहले निर्माण गरेका प्रेससम्बन्धी कानुनका सम्बन्धमा छलफल हुने महासचिव गौतमले बताए ।

अहिलेसम्म महासंघको केन्द्रीय नेतृत्व जिल्ला तथा एसोशिएट शाखाबाट चुनिएका पार्षदहरुबाट चुनिँदै आएको छ । अब केन्द्रीय नेतृत्व पनि प्रत्यक्ष निर्वाचनबाट छनोट गर्ने विषयमा गाउँलेले कार्यपत्र प्रस्तुत गर्ने गौतमले जानकारी दिए । पार्षद पद्दति पारदर्शी नभएकाले महासंघको सदस्यता शुद्धीकरणका लागि पनि सबै सदस्यले भोट गरेर केन्द्रीय नेतृत्वका लागि मतदान गर्न पाउने व्यवस्थाका लागि छलफल गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...