जन्मसिद्ध नागरिकता भएका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने
काठमाडौं । जन्मसिद्ध नागरिकता भएका पिताबाट जन्मेकी छोरी स्वीटी चौरसिया आत्महत्या गर्ने अवस्थामा पुगेकी थिइन् । तर, उनले संघीय समाजवादी फोरमका युवा नेता तथा सांसद प्रदिप यादवलार्इ भेटेर आफ्नो समस्याबारे बताएकी थिइन् । जब उनले यादवलार्इ यस्तो कुरा बताइन उनलार्इ यादबले न्यायका लागि लड्ने हिम्मत र हौसला प्रदान गरे ।
आफू जस्ता अन्य अधिकारबाट वञ्चितका लागि पनि लड्ने संकल्पकासाथ सांसद प्रदिप यादवसँगै उनी न्यायालयसम्म पुगेकी थिइन् । जुनबेला जन्मसिद्ध नागरिकता भएका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था थिएन र यो गम्भीर समस्याको रुपमा समाजमा रहेको थियो ।
जब सांसद यादवले यो कुरा थाहा पाए उनले स्वीटी जस्था धेरै नागरिकको अधिकारका लागि लढ्ने अठोट गरेर प्रकिया अघि बढाएका थिए । यस क्रममा यादवले मिति २०७४ साल साउन २५ गते वीरगञ्ज महानगरपालिका कार्यालय, पर्सा जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यवस्थापिका संसदविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।
जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गराएको प्रति संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले जेठ ४ गते सांसदमा घोर आप्ती जनाउदै नागरिकता प्रदान गर्न माग गरेका थिए । नागरिकताको कारण नेपाली नागरिकहरुले पाउनुपर्ने मौलिक अधिकारबाट वञ्चित भईरहेको प्रति दुःख व्यक्त गर्दै सांसद यादवले दिनानुदिन सरकारको ढोका घच्घच्याउँदै आएका थिए । सांसदमा निर्वाचित हुनुभन्दा अगाडि प्रमुख जिल्ला अधिकारीलार्इ ज्ञापन पत्रसमेत बुझाएका यादवको मागको सुनुवायी अन्तत मंगलबार अर्थात् २०७५ साल पुस ३ गते सर्वोच्च अदालतमा भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश दिपक कुमार कार्की र न्यायाधीश सारदा प्रसाद घिमिरेको संयुक्त इजलासले परमादेश समेतको आदेश जारी गरेको गर्दै जन्मसिद्ध नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने आधार बनाएको छ ।
राज्यद्वारा खोसिएको जनताको अधिकार पुनः प्राप्ति भएसँगै यादवले फेसबुक तथा ट्वीटरमार्फत स्वीटी चौरासिया जस्तै पीडित तथा अधिकारबाट वञ्चित रहेका सम्पुर्णलार्इ बधार्इ एवम् यो मुद्दामा बहस पैरवी गर्ने अधिवक्ता रक्षाराम हरिजनलाई धन्यवाद दिएका छन् ।
सांसद यादवको यस उदाहरणीय उपलब्धीले जनताको अधिकार सुरक्षित भएको छ ।
प्रतिकृया दिनुहोस