घट्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल ११० रुपैयाँमा पाइने

Petrol oil

काठमाडौं । बल्लबल्ल नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा २–२ रूपैयाँ मूल्य घटाएको छ । यसअघि निगमले पेट्रोल र डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य घटाएको थियो। मुल्य घटेसँगै अव पेट्रोलको मुल्य प्रतिलिटर १ सय १० रूपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल ९७ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्यसूची पठाएको थियो । आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ । सोही अनुसार निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।

निगमले २०७१ भदौ १३ गतेदेखि स्वचालित प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । मूल्य समायोजन नियमित प्रक्रिया भएको निगमले बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...