बिना बिजनेश बोलाइयो हिउँदे अधिवेसन

Shangiya samsad

काठमाडौं । लामो समयपछि सरकारले संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेका लागि आह्वान गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर हिउँदे अधिवेशनको मिति तोकिएको र स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको छ ।

संसद सचिवालयका अनुसार सरकारले अधिवेशन मिति तोकेको कुरा अनौपचारिक रुपमा जानकारी दिइएको छ भने औपचारिक चिठी भने राष्ट्रपतिको स्वीकृतिपछि आउनेछ ।

संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक पुस ११ गते ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । फागुन २१ भित्र संविधान अनुकुल नभएका कानुनलाई संशोधन, परिमार्जन र नयाँ निर्माण गर्न ढिलाइ हुने भएकाले सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले छिटो अधिवेशन बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्दै आएका थिए ।

तर, संसद अधिवेशनको मिति तोकिएको भए पनि संसद अगाडि बढाउन सरकारले बिजनेस भने दिएको छैन । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर, अहिलेसम्म संसदीय समितिहरूमा केही विधेयक थन्किएका छन् । सरकारले ३३९ ऐनलाई संविधानअनुसार परिमार्जन, विस्थापन गर्ने कामलाई सरकारले महत्त्व नदिएको सचिवालयको दाबी छ ।

मौजुदा ऐनहरूमध्ये १६५ पूर्ण छन भने १७४ लाई संविधान अनुकुल हुनेगरी परिमार्जन गर्नुपर्ने अवस्था छ । परिमार्जन गर्नुपर्ने ऐनहरूमध्ये ३६ वटालाई पूरै नयाँ बनाउनुपर्ने संसद सचिवालयले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...