डा.तुलसी गिरीको निधन : एक युगकै अन्त्य

Dr.giri

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनसँगै नेपालको राजनीतिक खण्डमा एउटा युगको अन्त्य भएको छ ।

२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रले नेपालमा पञ्चायती व्यवस्था लागु गर्दा डा. गिरी नेपाली कांग्रेसका सक्रिय नेता थिए । तर, राजा महेन्द्रले निर्वाचित संसदलाई कब्जा गरी पञ्चायत भित्र्याइदा उनी राजासँगै लागेका थिए ।

विसं. २०१७ सालअघि कांग्रेस राजनीतिमा सक्रीय रहेका गिरी नेपालमा पञ्चायती व्यवस्थाको सुरुवात भएपछि ०१९ देखि २०२१ सम्म मन्त्रिपरिषद अध्यक्ष बनेका गिरी थिए ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे ।

२०३२ देखि २०३४ सम्म नेपालको प्रधानमन्त्री बनेका उनी २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता हात लिएका बेला मन्त्रिपरिषद् उपाध्यक्ष बने । राजतन्त्रको अन्त्य भएपछि गिरी राजनीतिमा निस्क्रिय थिए । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।

डा. गिरीको निधनसँगै नेपालमा पञ्चायती कालरात्री भित्र्याउने युगकै अन्त्य भएको छ । उनीसँगै पञ्चायतका हस्ती भनिएका कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा लगायतको निधन भइसकेको छ । गिरीलाई पञ्चायतका साक्षीको रुपमा लिइन्थ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...