गुपचुपमै सकियो समाजवादी कांग्रेसको अधिवेसन
काठमाडौं । नेपाल समाजवादी कांग्रेसको प्रथम राष्ट्रिय अधिवेसन गुपचुपमै सकिएको छ ।
जनकपुरमा मंसिर २६ मा सुरु भएको सो पार्टीको राष्ट्रिय अधिवेसन ४ दिनसम्म चलेको थियो । सो अधिवेसनले संवैधानिक प्रजातन्त्र र हिन्दु राज्यको स्थापना लगायतका विषय पारित गरेको छ ।
सो पार्टीका सचिव मानबहादुर गुरुङका अनुसार सो अधिवेसनले स्थानीय स्वशाषन प्रणालीको विकास, संघीयताको खारेजी र धर्म निरपेक्षताको खोरेजीको प्रस्ताव पनि पारित गरेको छ ।
४ दिनसम्म चलेको सो अधिवेसनले नयाँ कार्यसमितिसमेत बनाएको छ । जसमा अध्यक्ष गोविन्द निरौला चयन भएका छन् । समाजवादी कांग्रेसको सो अधिवेसनले विमलपसाद यादवलाई बरिष्ठ नेता बनाएको छ । यसअघि उनी अध्यक्ष थिए ।
३ सय सहभागी सो अधिवेसनले सचिवमा मानबहादुर गुरुङ, कोषाध्यक्ष दुर्गा गौतम सदस्यहरुमा अनिलकुमार पाल, विरेन्द्र निरौला, पार्वती थापा, एलएन रिजाल, महमद साहिल मियाँ अन्सारी लगायतलाई सदस्य चयन गरेको छ ।
प्रतिकृया दिनुहोस