सामुद्रिक चक्रवातको प्रभाव : काठमाडौंमा बढ्यो चिसो

Chiso badhyo

काठमाडौं । देशभरको मौसम चिसिएको बेला काठमाडौंमा अत्याधिक चिसो बढेको छ । आइतबारदेखि काठमाडौंमा चिसो बढेको थियो ।

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । यसैको प्रभावले काठमाडौंमा चिसो बढेको हो ।

नेपाल चक्रवातको घेराभन्दा निकै टाढा भए पनि जलवाष्पयुक्त बादलका कारण यसको असर नेपालभरि नै परेको छ । अहिले पनि पूर्वी क्षेत्रमा हल्का वर्षा जारी रहेको मौसम विभागले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा पनि दिउसोसम्म हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । उनले सोमबार यस वर्षकै चिसो दिन मापन गरिएको छ । सोमबार काठमाडौंमा न्यूनतम २.४ डिग्री सेल्सियस कायम गरिएको थियो भने जुम्लामा माइनस ६ डिग्रीसम्म पुगेको थियो ।

रातभर आकाशमा बादल भएकाले आज हिजोको तुलनामा चिसो कम भएको भए पनि दिउसो पानी परे चिसो झनै बढ्न सक्ने मौसमविदहरुले जनाएका छन् । भारतमा आएको सामूद्रिक चक्रवात फेथाईले नेपालमा पनि असर गरेको हो । मंगलबार बेलुकीदेखि यो क्रम कम हुँदै जानेछ । तर आकाशको बादल हटेपछि आजको भन्दा चिसो हुन सक्ने अनुमान छ ।

बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालका तराई क्षेत्रमा बढी चिसो बढेको छ । कतिपय स्थठानमा शीतलहर पनि भएको छ भने हिमाली क्षेत्रमा हिउँ परेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...