पूर्वपधानमन्त्री डा. तुलसी गिरीको निधन
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।
एवं वरिष्ठ राजनीतिज्ञसमेत आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको हो ।
डा. गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए ।
पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए ।
उनी नेपालमा ‘पञ्चायत ब्यबस्थाको जननी’ नै मानिन्छन् । उनी सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन् । उनी लामो समयदेखि बिदेशमा बस्दै आएका बेला माघ १९ गतेको राजनीतिक घटनापछि नेपाल आएका थिए ।
कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट 'डिस्चार्ज' भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रतिकृया दिनुहोस