दलहरुलाई चुनौती : पूर्वराजाको स्वागतमा उर्लिए पोखराबासी

Gyanendra news

पोखरा । राजतन्त्रको अन्त्यपछि नेपालमा राजतन्त्रको भविश्य छैन भनिरहेका बेला राजनीतिक दलहरुका नेताहरुलाई चुनौती दिँदै पोखरामा पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहलाई भब्य स्वागत गरिएको छ ।

सोमबार दिउसो पोखरा विमास्थल ओर्लिएका राजालाई स्थानीय नागरिक समाजका तर्फबाट स्वागत गर्न सयौ जनता लामबद्ध भएर स्वागत गरेका थिए ।

ज्ञानेन्द्र शाह बिहान ११ बजे पोखरा ओर्लिने खबरसँगै उनका समर्थकहरुको ओइरो नै लाग्यो । करिब १२ बजे जब उनी विमानस्थलबाट बाहिरिए, तब उनको एक झलक तस्बीर खिच्न तँछाडमछाड नै चल्यो । आफ्नो गलामा २१ किलोको फूलको माला र पञ्चकन्याबाट स्वागत ग्रहण गर्दै ज्ञानेन्द्र अघि बढे । समर्थकबाट उनीमाथि पुष्पवृष्टि भयो । संघीयता र गणतन्त्र खारेजीका नाराहरु घन्किए ।

फूलका गुच्छा लिँदै उनी विमानस्थलदेखि मुस्ताङचोकसम्म पुगे । सेल्फी खिच्ने र जयजय गान गाउनेहरुको भीडमा चमक चेहेराका साथ मुस्कुराउँदै पूर्वराजा ज्ञानेन्द्रले सम्मान लिए ।

उनी विमानस्थलबाट बाहिरिएसँगै राजा आउ देश बचाउ, गणतन्त्र र संघीयता खारेज गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नाराहरु घन्किए ।

सोमबार पूर्वराजाको समर्थनमा देखिएको भीड अहिलेको सरकारको कार्यशैलीले बढेको आलोचना र अलोप्रियताको उपजसमेत भएको सडक किनारमा उभिनेहरुले गरेको विश्लेषण सुनिन्थ्यो ।

सोमबार पूर्वराजाको समर्थनमा देखिएको भीडले गणतन्त्रवादीहरुलाई झस्काएको छ । गणतन्त्रको विकल्प नदेखिए पनि सरकार र राजनीतिक नेतृत्व आलोचित बन्न पुग्दा गणतन्त्रमाथि प्रहार हुन थालेको भन्दै बुद्धिजीवीहरुले चिन्ता गरेका छन् ।

पूर्व राजाको स्वागतका लागि स्थानीय नागरिक समाजका तर्फबाट समासेवी केशव भण्डारीको संयोजकत्वमा ५ सय ५१ सदस्य स्वागत समारोह समिति गठन गरिएको थियो । जसमा राप्रपा कास्कीका जिल्ला अध्यक्ष डा। महेन्द्र कार्की र नेपाली कांग्रेस विपीका सभापति चन्द्रबहादुर रानाभाट सहसंयोजक थिए भने अन्य शिवसेना, हिन्दुधर्मसभा, राष्ट्रवादी दललगायतका हिन्दुवादी संघ–संगठनका पदाधिकारी समेत स्वागत समारोह समितिमा रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...