भुटानी शरणार्थीको कथा बन्यो उपन्यास ‘छाप्रो नं.५५’
काठमाडौं । जीवनका रंगहरू हराएर रंगविहीन जिन्दगीहरू बाच्दै थिए ती छाप्रा छाप्राहरूमा । शिविरका प्रत्येक छाप्राहरूमा बत्ती बलेको थिएन, अहं ! पटक्कै बलेको थिएन । सुनसान रातलाई चिर्दै तिखा काँडाको ब्यथालाई आफैँभित्र दबाएर लेख्दै थिए ।
लेख्छु भन्न बितिक्कै कहा सजिलो छ र ? शब्दहरू बटुलेर प्रण भर्न र जीवन्त दिन कयौ रातहरू अनिदो बसेको छु । यिनै रातहरू जोडेर शब्दहरू फुटेका छन् र जन्मेको छ ‘छाप्रो नं.५५ ।’
रमेश दियाली नेपाली साहित्यको दुनियामा फरक धारको कथा बोकेर उदाएका छन् । उनी नेपाली साहित्यमा एउटा इट्टा थप्ने गरी उपन्यास ‘छाप्रो नं.५५’ बजारमा ल्याएका छन् ।
मञ्जरी पब्लिकेसनले हालै बजारमा ल्याएको उपन्यास ‘छाप्रो नं.५५’ ले फरक धारको प्रतिनिधित्व गरेको छ ।
अमेरिकामा बसेर साहित्य क्षेत्रमा कलम चलाउँदै आएका दियालीले झापामा बसोबास गर्ने भुटानी शरणार्थीको कथालाई उपन्यासमा मेटेका छन् । उनी आफैं पनि भुटानी शरणार्थी हुन् । उनले आफ्नो उपन्यासमा भुटानी शरणार्थीका कथालाई उपन्यासको पात्र बनाएका छन् ।
प्रतिकृया दिनुहोस