इँटाभट्टामा एक भारतीय मजदुरको मृत्यु
सर्लाही । काम गर्ने बेलामा माथिबाट लडेर एक मजदुर मृत्यु भएको छ ।
सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका-५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड्दा भारत बिहार सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत घुरघुरा बेला टोल निवासी ५० वर्षीय श्यामसुन्दर ठाकुरको मृत्यु भएको छ ।
मृतक ठाकुर २० फिट माथिबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस