टीकापुर घटनाको सुनुवाई हुँदै

Tikapur 467x300

काठमाडौं । टीकापुर घटनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ ।

गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो । कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा एक बालकसहित ७ प्रहरीको हत्या भएको यो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ ।

मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताई रहेका छन् ।

त्यसैगरी आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् भने २ नाबालकहरु पोखरास्थित बाल सुधार गृहमा रहेका छन् । ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छ्रैनन् ।

राजपाले भने कैलाली घटनालाई राजनीतिक रुपमा हेरिनुपर्ने भन्दै सांसद चौधरीलगायत आरोपीहरुलाई रिहा गर्न माग गर्दै आएको छ ।

यो मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद चौधरीलाई सपथ ग्रहण गराउन सक्ने अवस्था नरहेको सरकारी पक्षको तर्क रहेको राजपा नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...