बेपत्ता लावड १८ दिन पछि मृत फेला
बैतडी । १८ दिनदेखि बेपत्ता बैतडीका लक्षिराम लावड मृत फेला परेका छन ।
जिल्लको दशरथचन्द नगरपालिका(३ हल्लेकका ४५ वर्षीय लावड आइतबार घर नजिकै इरानखोलामा मृत फेला परेका हुन ।
गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएको पारीवारीक श्रोतबाट बुझीएको प्रहरी प्रमुख नेत्रमणी गिरीले जानकारी दिए ।
शव सडेको खवस्थामा भेटीएकोले एक हप्ता पहिले नै मृत्यु भएको हुनसक्ने प्रहरीले भनाइ छ ।
शव सडेको अवस्थामा फेला परेकोमा परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदनसमेत दिएका थिए ।
प्रतिकृया दिनुहोस