‘अबको एक वर्षमै ठूलो परिवर्तन गर्छु’
रामपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताएका छन् ।
पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उनले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताए । विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को भएको अध्यक्ष दाहालले बताए ।
सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धी हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको पाँच वर्षमा प्रत्येक नागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पारे । उनले सरकारको आलोचना गर्नेलाई पाँच वर्षमा हुने परिवर्तनबाट जवाफ मिल्ने बताए ।
प्रतिकृया दिनुहोस