नेकपाको स्थायी कमिटी बैठक आज १ बजे बस्दै

Ncp sthayi comeetti

काठमाडौं । दुई अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सोमबार बस्दैछ । बिहान १ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने छ ।

शनिबार बसेको बैठकमा अध्यक्षको प्रतिवेदन पेश भएको थियो । सो बैठकमा नेता बामदेव गौतमले पेश गरेको पुरक प्रतिवेदनका विषयमा पनि स्थायी समिति सदस्यले धारणा बनाउने छ ।

बैठकमा लामो समयसम्म पार्टी एकताको कामले पूर्णता पाउन नसको विषयमा पनि छलफल हुनेछ । तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठमा एकता भए पनि जिल्ला र स्थानीय तहमा एकताका काम अझै सकिएको छैन ।

पोलिटब्युरोको चयन, केन्द्रीय सदस्यको जिम्मेवारी र भातृ संगठनको एकताको काम पनि बाँँकी नै छ । धेरै काम हुँदा पार्टी गतिशील हुन नसकेको भन्दै नेकपाका नेताहरुले स्थायी समितिबाट धेरै काम हुने अपेक्षा गरिएको बताउँदै आएका छन् ।

केन्द्रीय कमिटीमा ७७ जना थप गरेर ५११ सदस्यीय बनाउनुपर्ने नेता गौतमको माग छ । तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठ ३ गते एकता भएपछि ४४१ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनेको छ । नेता गौतमले ७७ जना महिला नै थप गर्नुपर्ने माग छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...