घट्न थाल्यो तापक्रम, बढ्न थाल्यो चिसो
काठमाडौं । सोमबार काठमाडौंलगायत देशभरीकै मौसम परिवर्तन भएको छ । । देशको पूर्वी तथा मध्य क्षेत्रका केही भाग र पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
मौसमविद्हरुका अनुसार बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आइतबार र सोमबार पूर्व र मध्य क्षेत्रको मौसम बदली हुनेछ । सामान्यतया राति बादल लागे बिहान न्यूनतम तापक्रम बढ्छ र खुल्ला भए बिहान न्यूनतम तापक्रम बढ्छ । मौसम खुला हुँदा जमिन चिसिने भएकाले बिहानको तापक्रम घट्ने मौसमविद्को भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पुर्वी तथा मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशका केही स्थानमा हलका वर्षा हुने सम्भावना पनि छ ।
विभागले निकालेको तिन दिने बुलेटिनका अनुसार उच्च पहाडी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।
यता, सोमबार बिहान काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षा भए पनि शनिबार र आइतबार देशभरीनै मौसम सफा भएको थियो ।
सोमबार बिहान सबैभन्दा कम तापक्रम जुम्लामा छ । जुम्लामा माइनस ६ दशमलब ४ डिग्री सेल्सिियस तापक्रम मामन भएका छ । दोलखाको जिरीमा माइनस ३ दशमलव जिरो डिग्री सेल्सियस छ ।
प्रतिकृया दिनुहोस