सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो

Accident

दाङ । लमही कुलमोडमा आइतबार अपराहन्न बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

नेपालगञ्जदेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना ४ ख ९५६६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नम्बरको मोटरसाइकल लमही नगरपालिका-६, कुलमोडमा एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक प्युठान सरुमैरानी गाउँपालिका प्यूठान बाङ्गेशाल निवासी ३० वर्षीय रेशम भुसालको ज्यान गएको हो ।

भुसालको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

शवलाई पोष्मार्टमको लागि शव गृहमा राखिएको छ भने बस, बस चालक र मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...