प्युठानका स्थानीय तहले बल्ल पायो नेकपाको अध्यक्ष र सचिव

Pyuthan map

प्युठान । पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्युठान जिल्लाका ९ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता भए पनि जिल्ला तहमा एकता नहुँदा कार्यकर्तामा निरासा छाएको थियो । जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिवमा टुंगो लगाउँदा कार्यकर्तालाई केही राहत भए पनि मिलेको छ ।

शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले प्युठान जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले ४ तहमा नेतृत्व पाएको छ ।

जिल्लाको प्युठान नगरपालिका, स्वर्गद्धारी नगरपालिकासहित नौबहिनी, मल्लरानी र सरुमारानी गाउँपालिकामा एमालेले अध्यक्ष पाएको छ । अध्यक्ष र सचिव फरक–फरक पार्टीबाट राखिएको छ । तत्कालिन माओबादी केन्द्रले गौमुखी, झिमरुक, माण्डवि र ऐरावती गाउँपालिकामा नेतृत्व पाएको हो ।

जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष बुद्धबहादुर बस्नेत र सचिव श्यामबहादुर थापा, गौमुखी गाउँपालिकामा अध्यक्ष मानबहादुर थापा र सचिव भरतमणी न्यौपाने, झिमरुक गाउँपालिकामा अध्यक्ष झगबहादुर जिसी र सचिव ललित बस्नेत चयन भएका छन् ।

नौ बहिनी गाउँपालिकामा अध्यक्ष डिलबहादुर थापा र सचिव रमेश केसी, प्युठान नगरपालिकामा अध्यक्ष टंकबहादुर खड्का र सचिव बिष्णु योगी, मल्लरानी गाउँपालिकामा अध्यक्ष इमानसिंह भारती र सचिव नारायण भट्टराई चयन भएका छन् । माण्डबी गाउँपालिकामा अध्यक्ष नमराज अधिकारी र सचिव यमबहादुर घिमिरे चयन भएका छन् । सरुमारानी गाउँपालिकामा अध्यक्ष कृष्ण रायमाझी र सचिव गुप्तबहादुर राना, स्वर्गद्धारी नगरपालिकामा अध्यक्ष भुवनसिंह पुन र सचिव मेघराज जिसी चयन भएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पार्टी एकताले नेता, कार्यकता र जनतामा उत्साह आएको नेकपा प्युठानका नेताहरुको प्रतिक्रिया छ । पुस २० गतेसम्म नेकपाको वडास्तरमा कमिटी विस्तार हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...