सव-स्टेशनमा करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु

Death namuna

भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव-स्टेशनमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ ।

घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शङ्कास्पद भएको भन्दै पूर्व-पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पु¥याउनुका साथै शव उठाउन दिएका छैनन् ।

विगत आठ वर्षदेखि सुरक्षागार्डका रूपमा त्यहाँ कार्यरत मृतक भट्टले आज घटना हुनु अघि बिहान सव–स्टेशनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीयवासी चिया पसल सञ्चालक नरेन्द्र साउदले जानकारी दिए ।

स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...