झापामा बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

Tipper final

बनियानी । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा पुष १ देखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनाएका छन् ।

बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

सर्वपक्षीय बैठकपछि निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । निर्णय कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...