कन्चनपुरमा चाउमीनले लियो एकै घरका दुई बालकको ज्यान

Chaumin 780x405

कन्चनपुर । कन्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् ।

बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्‍याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा आज बिहान बाटोमै दुवै जनाको मृत्यु भएको हो ।”

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । जेठो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । मृत्यु भएका बालककी आमा भने जिबित नै  छिन् ।

दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएपछि इप्रका झलारीले जेठो बुबा लक्षी सुनार र जेठी आमा सीता सुनारलाई पक्राउ गरेको छ ।

दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अहिले खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...