मोटरसाइकलबाट लडेर महिलाको मृत्यु
संखुवासभा । चैनपुर नगरपालिकाको सभाखोलामा मोटरसाइकलबाट लडेर एक महिलाको ज्यान गएको छ ।
खाँदबारी नगरपालिका-८, बिदाई चौतारा घर भएकी ३५ वर्षकी रहरी श्रेष्ठको मोटरसाइकलबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी साँझ मोटरसाइकलमा इटहरीबाट खाँदबारीतर्फ आउने क्रममा रोकी राखेको ट्याक्टरमा श्रेष्ठको झोला अल्झिएर लड्दा घटनास्थलमा नै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक गंगा चौलागाई र मोटरसाइकल समेत नलडेको स्थानीयहरुको भनाई छ । मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठको झोला अल्झिएर लड्दा उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
स्थानीय बरुण बोडिङ्ग स्कुलका कार्यालय सहयोगी रहेकी श्रेष्ठको एक छोरा एक छोरी रहेका छन । केही समय अघि उनी श्रीमान राजु श्रेष्ठसँग सम्बन्ध बिच्छेद गरेर अलग्गै बस्दै आएकी थिइन ।
मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिकृया दिनुहोस