सञ्चार मन्त्री भन्छन् ‘नेपाल टेलिकमको इन्टरनेट मूल्य कम हुन्छ’
काठमाडौं । सरकारले नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन् ।
नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ। यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिहेको थियो त्यही बीचमा सिधै मूल्य घटाउन मिल्दैन थियो, तर हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौ । अब पनि हामी छलफलकै क्रममा छौ यसबाट न्यूनतम ६ डलर मूल्य घट्ने छ’, उनले भने,‘ ६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिनसक्छौ ।’
व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताए । घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस