पत्रकार महासंघले सञ्चारमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र
काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रका विभिन्न १६ बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको महासंघको प्रतिनधिमण्डलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने लगायतका १६ बुँदे मागसहित सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्षद्वय विपुल पोखरेल र दिलिप थापामगर तथा महासचिव रमेश विष्टलगायतको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति, श्रमजीवी पत्रकार ऐन र नियमावलीले तोकेको सेवासुविधा, श्रमजीवी पत्रकारको पारिश्रमिक बृद्धि, मिडियामा गरिएको लगानीलाई पारदर्शी र व्यवस्थित बनाइनुपर्ने मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
महास.घले पत्रकार महासंघको सदस्यता परिचयपत्रका आधारमा श्रमजीवी पत्रकारलाई सिंहदरबार प्रवेशको व्यवस्था मिलाइनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई अन्य संचारमाध्यमलाई दिइएको स्वतन्त्रता प्राप्त हुनेगरी कानून निर्माण गर्नुपर्ने, पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवन विमाको व्यवस्था गरिनुपर्ने, पत्रकार महासंघमा सदस्यता नवीकरण भएसँगै स्वतः विमा हुने व्यवस्था गरिनुपर्ने, जेष्ठ पत्रकार जीविकोपार्जन भत्ता, आपतकालीन राहत, पत्रकार कल्याण कोषको स्थापना, पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनिको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरु कार्यान्वयन हुनुपर्ने लगायतका विषयहरुमा महासंघले ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकारले पत्रकारको तलब २५ प्रतिशतले वृद्धि लगायतका महत्वपूर्ण कामहरु गरेको उल्लेख गर्दै महासङ्घले राखेका मागलाई सम्बोधन गर्नका लागि आफूले सक्दो प्रयास गर्ने बताए । उनले महास.घले गरेका काममा आफ्नोसाथ र सहयोग रहेन पनि प्रतिवद्धता जनाए ।
प्रतिकृया दिनुहोस