प्रदेश सांसद घर्तीमगरको दिल्लीमा निधन
काठमाडौं । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ ।
बागलुङ क्षेत्र नं. २ को ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित सांसद घर्तीमगरलाई गत मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो ।
प्रदेश सांसद घर्तीमगरको १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डी अस्पतालको उपचार भएको थियो । उनको काठमाडौंमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट अपोलो अस्पताल लगिएको थियो ।
श्रीमती सुनमाया घर्तीका अनुसार एयर एम्बुलेन्सबाट अपोलो अस्पतालको अस्पतालको लिभर आइसीयुमा भर्ना गरेर उपचार गर्दै गर्दा बिहीबार करीव १ बजे सांसद घर्तीमगरको मृत्यु भएको हो ।
बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारीचौर सइखोलाका सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय र अत्यन्तै मिलनसार नेता थिए । सांसद घर्तीमगर बागलुङको क्षेत्र नं २ को ‘ख’बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उम्मेदवार बनी विजयी भएका थिए । ४६ वर्षीय घर्ती बिगत केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
उनको श्रीमती, चार छोरी र दुई छोरा छन् ।
प्रतिकृया दिनुहोस