चट्याङ लागेर ३ विद्यार्थी घाइते
अछाम । अछामको कमलबजार नगरपालिका ७ सेराको पद्मासना आधारभूत विद्यालयमा चट्याङ पर्दा तीन विद्यार्थी घाइते भएका छन् ।
चट्याङ पर्दा कक्षा ८ की छात्रा बसन्ती भण्डारी गम्भीर घाइते भएकी छन् भने अन्य घाइतेमा कक्षा ४ का धिरज भण्डारी र कक्षा ३ की लक्ष्मी भण्डारी रहेका विद्यालयका प्रधानाध्यापक पदमराज जैसीले बताए ।
तीमध्ये बसन्तीको शरीरका विभिन्न ठाउँमा जलेको दाग छ भने अन्य दुईको अवस्था सामान्य छ । विद्यालयमा सञ्चालन भैरहेको अर्ध/वार्षिक परीक्षा सकेर निस्किँदै गरेको बेला बिहीबार मध्यान्ह चट्याङ परेको थियो ।
घाइतेको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
प्रतिकृया दिनुहोस