नेपालको वातावरण प्रदुषण बिग्रिन थालेकोमा विदेशीको वातावरणविदको चिन्ता

Batabaran prati chinta

भक्तपुर । नेदरल्याण्डकी वातावरणविद् मानित जाउलोले नेपालको वातावरण प्रदुषणति चिन्ता व्यक्त गरेकी छन् । वातावरणविद् जाउलोले नकुहिने फोहोर प्लाष्टिक लगायतले काठमाडौंको वातावरणलाई प्रदूषित पारेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

नेडरल्याण्डस्थित आरभीओ कम्पनीका आयोजना सल्लाहकारसमेत रहेकी जाउलोले वातावरण प्रदुषण नहुने गरी कारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा वातावरण प्रदूर्षण नहुने कम्पनीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।

भक्तपुरको एउटा कारखानाको बिहीबार अवलोकन भ्रमण गर्न पुगेकी जाउलोले वातावरण प्रदुषण नहुने गरी उर्जा किफायती रुपमा निर्माण सामाग्रीको निर्माण जोड दिइन् । वातावरण प्रदुषण नगर्ने कारखानालाई जनतादेखि सरकारसम्मबाट प्रोत्साहन मिल्नुपर्ने उनको जोड थियो ।

नकुहिने फोहोरको रुपमा रहेको प्लाष्टिक लगायतले वातावरण प्रदुषण बढ्दो अवस्थामा रहेकाले त्यसलाई कम गर्न सरकारको मात्रै नभई स्थानीयको पनि सरोकारको विषय हुनुपर्नेमा सबैको ध्यान आकर्षित गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...