केरुङ–काठमाडौं रेलमार्गको डिपिआर बनाउन चीन सकारात्मक

T

काठमाडौं । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर गर्न पनि सकारात्मक देखिएको छ ।

काठमाडौंमा चलिरहेको तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो ।

यसअघि नेपाल र चीनबीच उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसारको प्रतिवेदन चीनले नेपाललाई बुझाइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...