विवाह पञ्चमी पर्व : काठमाडौंमा पनि मनाइयो

Ram sita

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा पनि विवाह पञ्चमी पर्व मनाइएको छ । आज बिहानै भगवान रामको विवाह भएको दिनको अवसर पारेर विशेष भक्ति संगीत कार्यक्रम आयोजना गरी राममन्दिरमा विवाह पञ्चमी पर्व मनाइएको हो ।

यसै अवसरमा मन्दिरमा भगवान राम र सीताको विवाहको महिमासहितको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । विवाह पञ्चमीमा राम र सीताले विवाह गरेको र विवाहमा गएका जन्तीको झल्को पनि दिइएको थियो ।

भगवान रामको विवाहलाई काठमाण्डुमा पनि उत्सवको रुपमा मनाइएको बाल्मिकी विद्यापीठका उपप्राध्यापक माधव घिमिरेले जानकारी दिए । विवाह पञ्चमीको अवसर पारेर भक्तजनले भगवान रामको स्मरण गर्दै राम मन्दिरमा पूजाआजा पनि गरेका थिए ।

त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादा पुरुषोत्तम रामले पूरा गरेपछि जनककी छोरी सीतासँग विवाह भएको दिनलाई विवाह पञ्चमीको रुपमा मनाउने गरिएको जनविश्वास रही आएको छ । यही विश्वास र संस्कृतिलाई निरन्तरता दिँदै जनकपुरस्थित जानकी मन्दिरमा भव्य रुपमा विवाह पञ्चमी मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...