बालक अपहरण गरी रकम मागेको आरोपमा ३ जना पक्राउ

Aaaa

झापा । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार पक्राउ पर्नेमा गौरीगञ्ज-६ का बद्री यादव, गौरीगञ्ज-४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको जनाएको छ ।

भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा मङ्गलबार प्रहरीले फेला पारेको हो ।

अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...