भारतका मुख्यमन्त्री योगी जनकपुरमा अवतरण

Yogii

काठमाडौं । रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा अवतरण भइसकेको छ । विमानबाट सिधा जनकपुर विमानस्थलमा अवतरण गरेकोे हो ।

मुख्यमन्त्री योगी सिधा जानकी मन्दिर पुगेर विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । त्यस पश्चात प्रदेश २ सरकारले उनको स्वागतमा प्रदेश सरकारको सचिवालय मधेश भवनमा आयोजन गरेको १ हजार १ साधुशन्तको विशेष भण्डारा (भोज)मा सहभागि हुने कार्यक्रम रहेको छ ।

तत्पश्चात ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा हुने राम र सीताको स्वयम्बर कार्यक्रममा दुवै देशका समकक्षी मुख्यमन्त्रीद्धय सहभागि हुने कार्यक्रम छ । बाह्रविघा मैदानमा दुवै मुख्यमन्त्रीले ४ । ५ मिनेट प्रवचन दिने समेत कार्यक्रम रहेको मन्त्री यादवलेले जानकारी दिए । प्रवचन पछि मुख्यमन्त्री योगी आजै फर्किने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...