जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदी

Jail vhnpwftlne

जाजरकोट । जिल्ला कारगार जाजरकोटमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २० जना क्षमता भएको कारागारमा हाल ६२ जना कैदी रहेका छन् । कारागारमा २० जनाको क्षमता भए पनि आवश्यक भवन निर्माण नहुँदा कोचिएरै भएपनि ६२ जना बस्न बाध्य भएको कैदीबन्दी बमबहादुर नेपालीले बताए ।

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बस्न तथा सुत्नको लागि समस्या पर्ने गरेको अर्का कैदी कुशबहादुर महतराको भनाइ छ । कारकार निमित्त प्रमुख तेजबिक्रम शाहका अनुसार कैदीहरुका लागि आवश्यक भवन निर्माणको काम अगाडी बढाउने विषयमा छलफल भइरहेको छ । ५ बर्षभित्र सयजना कैदी क्षमताको कारगार भवन निर्माण हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...