विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक र साँस्कृतिक विविधता मुलुकको अमूल्य निधिको रूपमा रहेको बताएकी छिन् । विवाह पञ्चमीका अवसरमा राष्ट्रपति भण्डारीले दिएको सन्देशमा ‘आदिकालमा ज्ञान, शिक्षा र सांस्कृति वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको उल्लेख गरिएको छ ।
यस्तो गौरवपूर्ण स्थलमा हुने विवाव पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व भएकोमा जोड दिँदै यसले हामी सबैलाई गौरवान्वित बनाइरहने सन्देशमा भनिएको छ । सन्देशमा विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने विभिन्न आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस अवसरमा नेपालीहरूबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने कामना पनि गरिएको छ ।
प्रतिकृया दिनुहोस