तीन सय पदका लागि लोकसेवाले विज्ञापन खुल्ला गर्ने

Loksewa aayoog

काठमाडौं । दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।

आयोगका अध्यक्ष उमेश मैनालीले संसद् सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताए । उनले सबै सेवामा विज्ञापन रोक्नु हुँदैन भन्नेमा आयोगको जोड भए पनि सरकारले माग नपठाएपछि विज्ञापन आह्वान नगरिएको स्पष्ट गरे ।

समायोजन हुनुपर्ने प्रशासन सेवा र विभिन्न प्राविधिक सेवाका पदहरुमा सरकारबाट माग नआएपछि ती पदमा विज्ञापन नगरिएको जनाइएको छ । मंसिरको अन्तिम बुधबार अधिकृतस्तरका सबै पदमा विज्ञापन गर्ने आयोगको कार्यतालिका थियो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार गत वर्ष भण्डै पाँच लाख जनाले लोकसेवाको विज्ञापनका लागि आवेदन दिएका थिए ।

आयोगले सिफारिस गर्ने निजामती सेवा, संसद् सेवा, लेखापरीक्षण, निजामती सेवाकै अन्य १० वटा सेवामा हरेक वर्ष करिब छ हजार पदका लागि विज्ञापन गर्ने गरेको थियो । यसैगरी, नेपाली सेनासहित अन्य सङ्गठित संस्थाबाट लिखित परीक्षाका लागि झन्डै नौ हजार पदमा परीक्षा सञ्चालनका लागि माग आउने गरेको थियो ।

नेपाली सेनासहित अन्य सङ्गठित संस्थामध्ये केहीको विज्ञापनको प्रक्रिया धमाधम अगाडि बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...